काठमाण्डु-गणतन्त्र कङ्गोको सबैभन्दा ठूलो जेल तोड्ने प्रयासमा कम्तीमा एक सय २९ जना कैदीको मृत्यु भएको छ । ५५ जनाभन्दा धेरै घाइते भएका कङ्गोका आन्तरिक मन्त्री ज्याक्वेमेन शाबानीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । जेल तोड्ने प्रयासलाई रोक्न नसकेपछि गोली चलाउनु परेको उनले बताए ।
धेरै मानिसहरू भीडभाडमा कुल्चिएर पनि मारिएका तथा घाइते भएका मन्त्रालयको भनाइ छ । कतिपय महिलाहरू बलात्कृतसमेत भएका मन्त्री शाबानीले उल्लेख गरेका छन् ।
कङ्गो सरकारका प्रवक्ता प्याट्रिक मुयायाले राष्ट्रिय टेलिभिजनलाई अहिले स्थिति नियन्त्रणमा रहेको बताएका छन् । कङ्गो सरकारले जेल तोड्ने प्रयास किन भयो र कति कैदीबन्दी भागे भन्नेबारेमा केही खुलाएको छैन ।
प्रतिक्रिया