काठमाण्डु-पेरिस पारालिम्पिककी ऐतिहासिक पदक विजेता तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई नगर परिक्रमा गराएर सम्मान गरिएको छ ।
फ्रान्सको राजधानी पेरिसमा भएको पारालिम्पिकको के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेसाले कांस्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।
त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको हो ।
परिक्रमा एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुंगिएको थियो ।
एनसेलले १० लाख दिने
पेरिसमा जारी पारालिम्पिक २०२४ मा इतिहास रच्दै कांस्य दिलाउन सफल पारा पलेशा गोवर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
पलेशाको ऐतिहासिक जित र पेरिस पारालिम्पिकमा देशलाई प्रतिनिधित्व गर्ने पारा खेलाडी तथा प्रशिक्षकको सम्मानस्वरूप एनसेलले पलेशालाई १० लाख रूपैयाँ प्रदान गर्न लागेको हो । अन्य सहभागी पारा खेलाडी तथा प्रशिक्षकहरूलाई पनि थप १० लाख रूपैयाँ पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ ।
एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपिसी), नेपालसँग भइरहेको आफ्नो सहकार्यअनुरूप यो सम्मानको घोषणा गरेको हो ।
एनसेलले गत वर्षदेखि एनपिसीसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया