सूर्यदर्शन सहकारी ठगी प्रकरण : थप २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी

सूर्यदर्शन सहकारी ठगी प्रकरण : थप २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी


काठमाण्डु–जिल्ला अदालत कास्कीले पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा थप २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

गितेन्द्रबाबु राई (जिबी) का आफन्त र सूर्यदर्शन सहकारीकै पूर्व सञ्चालक तथा कर्मचारीहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा अदालतले पक्राउ गर्न अनुमति दिएको बताइएको छ ।

पुरक जाहेरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितलाई विपक्षी बनाइएको छ।

तर अहिलेसम्म रविविरुद्ध भने पक्राउ पूर्जी जारी भइनसकेको प्रहरी उच्च स्रोतको भनाइ छ।

सूर्यदर्शन सहकारीका बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको आरोप छ।

सहकारी ऐन अनुसार उनीहरुलाई बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ । सूर्यदर्शनसहित यी कम्पनीका प्रमुख जीबी  भने मलेसिया भागेका छन्।

अरु पक्राउ परेका प्रतिवादीहरू पुर्पक्षका लागि थुनामा छन्। फरार प्रतिवादीहरूको प्रहरीले खोजि गरिरहेको छ।