अटवारी पर्वमा आईतबार सार्वजनिक बिदा

अटवारी पर्वमा आईतबार सार्वजनिक बिदा


काठमाण्डु – लुम्बिनी प्रदेश सरकारले बर्का अट्वारी पर्वको अवसरमा प्रदेशका ६ जिल्लामा आईतबार सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकारले थारू समुदायको बसोबास धेरै रहेका ६ जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको सूचनाअनुसार थारु समुदायको बसोबास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा भदौ २३ गते आईतबार सार्वजनिक बिदा हुनेछ ।

अटवारी पर्वमा थारु समुदायका पुरुषहरू निराहार व्रत बसी सूर्यको पूजा गर्ने सांस्कृतिक मान्यता छ । थारु समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् ।

पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अटवारी पर्व मनाउने प्रचलन छ । कुशे औंशीपछिको पहिलो आईतबार अटवारी मनाउने गरिएको छ ।