बर्दियामा गैंडाको आक्रमणबाट चौधरीको मृत्यु, विदेशी नागरिक घाइते

बर्दियामा गैंडाको आक्रमणबाट चौधरीको मृत्यु, विदेशी नागरिक घाइते


काठमाण्डु – बर्दियाको मधुवन नगरपालिका–६ मा गैंडाको आक्रमणबाट वरिष्ठ पथ प्रदर्शक ३६ वर्षीय मनमोहन चौधरीको मृत्यु भएको छ । आक्रमणबाट एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् ।

नेपाली सेनाले अनुसार, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाकामा पर्ने डल्ला सामुदायिक वनमा गैंडाको आक्रमणबाट शुक्रबार बिहान चौधरीको मृत्यु भएको जानकारी दिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले निकुञ्ज र डिभिजन वनको सीमामा पर्ने क्षेत्रमा ‘जंगल वाक’मा गएका बेला शुक्रबार बिहान ८ देखि ९ बजेको बीचमा चौधरीको गौडाको आक्रमणबाट मृत्यु भएको हो ।

घाइतेमध्ये विदेशी नागरिकको भुरीगाउँ नगर अस्पतालमा उपचार भइरहेको नेपाली सेनाले जानकारी दिएको छ ।