दीपिका पादुकोण आमा बनिन्

दीपिका पादुकोण आमा बनिन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह आमा बुबा बनेका छन् ।

दीपिका र रणवीरले आफ्नो पहिलो सन्तानका रूपमा आइतबार  छोरीलाई जन्म दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

दीपिका पादुकोण र रणवीर सिंहले सन् २०१८ को नोभेम्बर महिनामा विवाह गरेका थिए ।

उनीहरूको विवाहको बी–टाउनमा निकै चर्चा थियो । विवाहको ६ वर्षपछि जोडीले छोरीलाई जन्म दिएका हुन । दीपिका अस्पतालमा भर्ना हुनु अघि मुम्बईको प्रतिष्ठित सिद्धिविनायक मन्दिरमा भगवान् गणेशको आशीर्वाद लिन पनि पुगेकी थिइन् ।

उनीहरूले आधिकारिक रूपमा घोषणा भने गरेका छैनन् ।