मन्त्रालय र क्यानका कारण निगम घाटामा गएको दाबीसहित अध्यक्ष अधिकारीले बुझाए प्रष्टीकरण (जवाफसहित)

मन्त्रालय र क्यानका कारण निगम घाटामा गएको दाबीसहित अध्यक्ष अधिकारीले बुझाए प्रष्टीकरण (जवाफसहित)

फाइल तस्बिर

काठमाण्डु – नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कारण निगम घाटामा गएको दोषारोपण गर्दै मन्त्रालयले सोधेको प्रष्टीकरणको जवाफ पठाएका छन् ।

पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले १२ भदौमा निगमका जहाज ग्राउण्डेड भएको, निजी कम्पनीहरू नाफामा चल्दा सरकारी स्वामित्वको नेपाल एयरलाइन्स धराशायी भएको, नियमित उडान गराउन नसकेको, सी चेक नगरी उडाएकोलगायत प्रश्न स्पष्टीकरण सोधेका थिए।

नेपाल एयरलाइन्स घाटामा जानुको मुख्य कारण कोरोना महामारी, महँगो ब्याजदर र चिनियाँ जहाज भएको उल्लेख गर्दै अधिकारीले मन्त्रालयलाई जवाफ पठाएका हुन् ।

खरिद विनियमावली नसच्याइएका कारण नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय सुविधा सम्पन्न वायुसेवासँग प्रतिस्पर्धा गर्न गाह्रो भइरहेको उल्लेख गरेका छन् ।

सी चेकमा लामो समय लाग्ने, अतिरिक्त नियमित प्राविधिक समस्या आउने र मर्मत सम्भारका लागि आवश्यक पार्टपुर्जा किन्ने प्रक्रियागत झन्झटले नियमित उडानमा समस्या हुने गरेको उल्लेख गर्दै अधिकारीले जवाफमा निगमको ऋण तिर्न महँगो ब्याज तिनु पर्दा एयरलाइन्स घाटामा गएको प्रष्टीकरण दिएका छन् ।

ग्राउन्ड ह्याण्डलिङमा नागरिक उड्डयन प्राधिकरणले गरेको सेवा शुल्क कटौती र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान अनिवार्य गर्दा आम्दानी घटेको अधिकारीले जवाफमा लेखेका छन् ।

अधिकारीले सरकारलाई २९ पृष्ठ लामो जवाफ पठाएका छन् । अधिकारीले पेस गरेको जवाफमाथि मन्त्रालयले अध्ययन गरिरहेको छ ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा समेत अधिकारीका विषयमा छलफल गर्दै सांसदहरूले अधिकारीलाई पदबाट हटाउन सरकारलाई दबाब दिएका थिए ।

यस्तो छ अधिकारीको प्रष्टीकरण :