२५ अंकले घट्यो नेप्से, १० अर्बकाे काराेबार

२५ अंकले घट्यो नेप्से, १० अर्बकाे काराेबार


काठमाण्डु–आइतबार सेयर बजार २५.४६ अंकले घटेको छ । नेप्से परिसूचक २७०१.९ अंकमा कायम भएको छ । आज १० अर्ब १२ करोडको भयो ।

८५ कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ३ को स्थिर रह्यो ।

माइक्रोफाइनान्स समूह १.२१ तथा उत्पादन समूह ०.५० प्रतिशत बढे । बैंकिङ १.५८, विकास बैंक २.०७, फाइनान्स १.२४, होटल तथा पर्यटन १.४१, हाइड्रोपावर ०.६०, लगानी ०.५४, जीवन बीमा १.४२, निर्जीवन बीमा १.२८, अन्य १.३१ तथा व्यापार समूह १.२४ प्रतिशत घटे ।

समग्र बजार घट्दा पनि चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । माहुली लघुवित्त, सिर्जनशील लघुवित्त, मिडसोलु हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

सपोर्ट माइक्रोफाइनान्सको ८, उन्नति सहकार्य लघुवित्तको ७.३, गणपति लघुवित्तको ६.६ प्रतिशत मूल्य बढ्यो । थ्रीस्टार हाइड्रोपावरको १०, गुडविल फाइनान्सको ६.०५, दोल्ती पावरको ४.५, मातृभूमि लघुवित्तको ४.४ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, एचआईडीसीएल प्रमोटर, ग्रीनलाइफ हाइड्रोपावर, गुडविल फाइनान्स र एनएलजी इन्स्योरेन्स क्रमशः अगाडि रहे ।