१० दिनभित्र २५ हजार मेट्रिक टन डीएपी मल नेपाल आइपुग्ने

१० दिनभित्र २५ हजार मेट्रिक टन डीएपी मल नेपाल आइपुग्ने


काठमाण्डु– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले १० दिनभित्र २५ हजार मेट्रिक टन डीएपी मल नेपाल ल्याउने भएको छ ।

२५ हजार मेट्रिक टन डीएपी रासायनिक मल चीनबाट कोलकाता आइपुगेकाले ८ देखि १० दिनभित्र नेपालमा आइपुग्ने भएको हो ।

२५ सय मेट्रिक टन युरिया रासायनिक मल विशाखापटनमबाट नेपाल ल्याइने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

हाल मन्त्रालयसँग युरिया ९१ हजार ५ सय मेट्रिक टन, डीएपी ४१ हजार र पोटास ७ हजार ५ सय मेट्रिक टन मौज्दात रहेको छ ।