काठमाण्डु – नेकपा एमालेले पार्टीको कार्ययोजनाबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ ।
भदौ २८ गते दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए ।
यसअघि भदौ १८–१९ गते बसेको एमाले पोलिटब्यूरो बैठकले कार्ययोजनाबारे छलफल गरेको थियो । बैठकमा महासचिव शंकर पोखरेलले वार्षिक कार्ययोजना पेश गरेका थिए ।
कार्ययोजनाको प्रस्तावमाथि पोलिटब्युरो सदस्यहरूले दिएको सुझावका आधारमा संशोधन गरेर सचिवालय बैठकले पारित गर्ने जनाइएको छ ।
प्रतिक्रिया