काठमाण्डु–मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
सोमबारको तुलनामा मंगलबार सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।
यस अघि सोमबार १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले छ जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर १७६५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
प्रतिक्रिया