काठमाण्डु – प्रतिनिधिसभा बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदबीच जुहारी चलेको छ । प्रतिनिधिसभाको बैठकमा धारणा राख्ने क्रममा एमाले सांसद रघुजी पन्तले माओवादीले भन्ने गरेको जनयुद्धलाई हिंसा भनेका थिए । त्यसपछि माओवादीका संसदहरूले यो शव्द असंसदीय भएर भएकाले हटाउन माग गरेका थिए ।
सभामुख देवराज घिमिरेले हिंसा शव्द असंसदीय नभएको रुलिङ गरेपछि माओवादीका सांसदहरूले आपत्ति जनाएर उठेर विरोध गरे । सभामुखले बस्न आग्रह गर्दा नबसेपछि अहिले माओवादीको मागबारे के हो भनेर सभामुखले माओवादी सांसद देवेन्द्र पौडेललाई बोल्न दिए ।
उनले हिंसा शब्द हटाउन माग गरे । आफूहरूकाे माग पूरा नभएपछि माओवादी सांसदहरू उठेर विरोध गरिरहेका छन् ।
यसअघि एमाले सांसद योगेश भट्टराईले पनि जनयुद्धलाई हिंसा भनेपछि लफडा भएको थियो ।
प्रतिक्रिया