इजरायली आक्रमणमा राष्ट्रसंघका कर्मचारीसहित १८ जनाको मृत्यु

इजरायली आक्रमणमा राष्ट्रसंघका कर्मचारीसहित १८ जनाको मृत्यु


काठमाण्डु-इजरायलले गाजाको विद्यालयमा आक्रमण गर्दा संयुक्त राष्ट्रसंघका ६ जना कर्मचारीसहित १८ जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले मध्य गाजामा रहेको संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित अल–जौनी विद्यालयमा बम आक्रमण गरी कम्तीमा १८ जनाको मृत्यु भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजीराले प्रत्यक्षदर्शीहरूलार्य उघद्धृत गर्दै आक्रमणमा महिला र बालबालिका पनि छन् ।

मृतक मध्ये ६ जना युएनआरडब्लूएका कर्मचारी थिए, जसमा आश्रयस्थलका व्यवस्थापक पनि थिए । उक्त निकायका अनुसार ११ महिने युद्धमा यो घटनामा सबैभन्दा धेरै कर्मचारीको ज्यान गएको छ ।

इजरायलको गाजामा भएको युद्धमा हालसम्म कम्तीमा ४१ हजार ०८४ मानिसहरू मारिएका छन् र ९५ हजार २९ घाइते भएका छन् । इजरायलमा हमासको नेतृत्वमा भएको आक्रमणमा कम्तीमा १ हजार १३९ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी मानिसलाई बन्धक बनाइएको छ ।

यसैबीच, विद्रोही समूह हमासले मध्यस्थकर्ताहरूलाई अमेरिकाले प्रस्ताव गरेको, संयुक्त राष्ट्रसङ्घले समर्थन गरेको युद्धविराम प्रस्तावलाई कुनै पनि पक्षबाट कुनै नयाँ शर्तबिना कार्यान्वयन गर्न तयार रहेको बताएको छ ।