काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालसँग संवैधानिक परिषद् बैठकका विषयमा परामर्श गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक शुक्रबार साँझ ५ बजे बस्ने गरी बोलाएका छन् । त्यसअघि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालसँग छलफल गरेका हुन् । यसअघि बुधबार साँझ ५ बजेका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री ओलीले शुक्रबारका लागि सारेका थिए ।
बैठकमा उनीहरूबीच समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रतिक्रिया