काठमाण्डु–धेरै दिनको करेक्सन पछि बिहीबार शेयर बजारमा हरियाली छाएको छ ।
आज सेयर ७८.१७ अंकले बढेको छ । २.९९ प्रतिशतले बढेको परिसुचक २६८८ अंकमा पुगेर रोकियो ।
आज १ करोड ९४ कित्ता सेयर किनबेच हुदा ८ अर्ब १६ करोडको कारोबार भएको छ । हिजो ६ अर्बको मात्र कारोबार भएको थियो ।
आज कारोबारमा आएका २२९ कम्पनीकाे सेयरमूल्य बढेकाे छ भने १२ कम्पनिकाे घटेका छन् ।
आज ७ वटा कम्पनिको सकारात्मक सर्किट लागेको छ ।
बिहीबार सामूहिक लगानी कोष उपसमूहको सूचक ०.०९ प्रतिशतले घटेको छ । बाँकी सबै उपसमूहको सूचक बढेको छ ।
यस दिन बैंकिङ समूहको २.६६ प्रतिशत, विकास बैंक समूहको २.७० प्रतिशत, फाइनान्स समूहको ३.४० प्रतिशत, होटल तथा पर्यटन समूहको २.५० प्रतिशतसहित १२ उपसूचकमा सुधार देखिएको हो ।
प्रतिक्रिया