दिल्लीका मुख्यमन्त्री केजरीवालले पाए जमानत

दिल्लीका मुख्यमन्त्री केजरीवालले पाए जमानत


काठमाण्डु-भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जमानत पाएका छन् । जमानतपछि उनी रिहा भएका छन् ।

भारतका सर्वोच्च अदालतका न्यायाधीश सूर्यकान्त र उज्जल भुइयाँले उनलाई जमानतमा रिहा गर्न आज आदेश दिएका हुन् । समाचार संस्था पीटीआईका अनुसार अदालतले उनलाई १० लाख रुपैयाँको मुचुल्कामा जमानतको आदेश दिएको हो ।

रक्सी घोटालामा १५६ दिनदेखि उनी जेल परेका थिए । उनलाई गत मार्च २१ मा भारतको प्रवर्तन निर्देशनालयले पक्राउ गरेको थियो ।

केजरीवालले ईडी मुद्दामा जुलाई १२ मै सर्वोच्च अदालतबाट जमानत पाइसकेका छन् ।