काठमाडौं – नेपाल र चीनको सचिवस्तरीय तेस्रो बैठकमा भाग लिन चिनियाँ टोली पुसमा नेपाल आउने भएको छ । प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न गरिएको केरुङ(काठमाडौं रेलमार्गबारे छलफल गर्न चिनियाँ टोली नेपाल आउने भएको हो ।
प्रारम्भिक रिपोर्ट आएको तीन महिना बितिसक्दा पनि उक्त रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने विषयमा दुई देशबीच छलफल भएको छैन। रिपोर्टअनुसार केरुङ-काठमाडौं रेलमार्ग निर्माण गर्न २ खर्ब ७५ अर्ब रुपैयाँ खर्च र ९ वर्ष समय लाग्ने देखिएको छ।
कुल लम्बाई ७२.२५ किलोमिटर हुने अनुमान गरिएको केरुङ-काठमाडौं रेलमार्ग विकट क्षेत्रमा निर्माण गर्नुपर्ने भएकाले भन्डै ९९ प्रतिशत भूभागमा सुरुङ वा पुल बनाउनु पर्नेछ।
प्रतिक्रिया