काठमाण्डु– माण्डु हाइड्रोपावर, आरबीबी म्युचुअल फन्ड –१ र आरबीबी म्युचुअल फन्ड –२ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाे छ ।
यी तीनवटै कम्पनीले लाभांश वितरण प्रयोजनार्थ भोलि (भदौ ३१) बुक क्लोज गर्नेछन् ।
आजसम्म कायम इकाइधनीले मात्रै लाभांश पाउन सक्नेछन् ।माण्डु हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई करसहित १२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
सोही प्रयोजनका लागि हाइड्रोपावरले असोज १४ गते वार्षिक साधारण सभा डाकेको छ । सभा, नेपा ब्यांकेट, नयाँ बजार, काठमाडौंमा बिहान १० बजे शुरू हुनेछ ।
त्यस्तै, गत आवको नाफाबाट आरबीबी म्युचुअल फन्ड –१ ले करसहित ३.८१ प्रतिशत नगद लाभांश र आरबीबी म्युचुअल फन्ड –२ ले करसहित ८.७४ प्रतिशत नगद लाभांश वितरण गर्दैछन् ।
प्रतिक्रिया