काठमाण्डु– कुखुराको अण्डाको भाउ घटेको छ ।
गत १३ भदौमा घटेको अण्डाको मूल्य फेरि २९ भदौमा घटेको हो ।
अघिल्लो पटकको तुलनामा अण्डाको भाउ क्यारेटमा ३५ रुपैयाँ देखि ८० रुपैयाँ सम्म घटेको छ ।
नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार अन्डा उत्पादन बढेसँगै मूल्य घटेको हो ।
अब सबैभन्दा ठूलो (एक्सएल) ४ सय ६० रुपैयाँ र ठूलो (लार्ज) प्रतिक्रेट ४ सय ३० प्रतिक्रेट तय भएको छ । यस्तै मध्यम साइजको अन्डाको मूल्य ४ सय रुपैयाँ प्रतिक्रेट तोकिएको छ ।
यसअघि १३ भदौमा अन्डाको भाउ सबैभन्दा ठूलो (एक्सएल) ५ सय २५ र ठूलो (लार्ज)को प्रतिक्रेट ५ सय १० र मध्यम अन्डाको मूल्य ४ सय ३५ रुपैयाँ प्रतिक्रेट थियो ।
प्रतिक्रिया