काठमाडौं – “गणतन्त्र दिवस २०७४” को अवसरमा विभिन्न अलङ्कार तथा पदकहरुद्वारा विभुषित भएका रथीवृन्द, अधिकृत तथा अन्य दर्जालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले सुशोभन गरेका छन् ।
बुधबार एक कार्यक्रमकाबीच त्रिभुवन आर्मी अफिसर्स क्लबमा प्रधानसेनापति थापाले अधिकृत तथा अन्यदर्जा गरी ५८ जनालाई सुशोभन गरेका हुन् । उक्त कार्यक्रममा जंगी अड्डा भित्र कार्यरत रथीबृन्द र अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया