काठमाण्डु – सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सिफारिस भएको छ ।
सोमबार बसेको संवैधानिक परिषद् बैठकले वरिष्ठताका आधारमा राउतलाई प्रधानन्यायाधीश सिफारिस गरेको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पदावधि असोज २० गते सकिँदैछ । प्रधानन्यायाधीश अवकाश हुनु १ महिनाअघि भावी प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने प्रावधान छ ।
प्रतिक्रिया