दिल्लीको नयाँ मुख्यमन्त्री बनिन् आतिशी मर्लेना

दिल्लीको नयाँ मुख्यमन्त्री बनिन् आतिशी मर्लेना


दिल्ली–आतिशी मर्लेना भारतको दिल्ली राज्यको मुख्यमन्त्री हुने भएकी छन् ।

आज मुख्यमन्त्री केजरीवालले राजीनामा दिने भएपछि आम आदमी पार्टीले ४३ वर्षीय आतिशीलाई नयाँ मुख्यमन्त्री बनाउने भएको हो ।

आजतकका अनुसार आम आदमी पार्टीको विधायक दलको बैठकमा पार्टी अध्यक्ष समेत रहेका केजरीवलले दिल्ली सरकारमा शिक्षा मन्त्री रहेकी आतिशीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेका हुन्।

कथित मदिरा घोटाला प्रकरणमा जेलमा रहेका केजरीवाल सर्वोच्च अदालतले जमानत दिएपछि बाहिर आउनासाथ मुख्यमन्त्रीबाट राजीनामा दिने र फेरी जनताबाट निर्वाचित भएपछि मात्र मुख्यमन्त्री बन्ने घोषणा गरेका थिए । उनले आजै अपराह्न राजीनामा दिने बताइएको छ ।