सामाजिक सञ्जालमार्फत अराजक गतिविधि फैलाउने व्यक्ति पक्राउ

सामाजिक सञ्जालमार्फत अराजक गतिविधि फैलाउने व्यक्ति पक्राउ

प्रतिकात्मक तस्वीर

पर्सा – सामाजिक सञ्जालमार्फत अराजक गतिविधि फैलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमार्फत समाजमा अराजक गतिविधि फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवा बस्ने २१ वर्षीय ओमकुमार पटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

फेसबूक, टिकटक, इन्स्ट्राग्राम, ट्विटर, ह्वाट्सएप, म्यासेन्जरमा किंग अफ पर्सा भन्ने आईडीमार्फत अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियारको प्रदर्शन गरी डरत्रास सिर्जना गर्ने, अराजक गतिविधि गरी समाजमा द्वन्द्वको सिर्जना गर्ने जस्ता असामाजिक र अनैतिक क्रियाकलापमा सलंग्न पटेललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ प्रतिमाचोक नजिकबाट पक्राउ गरेको छ ।

प्रहरीले उनीविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसूरमा थप अनुसन्धान गर्नुको साथै यस्ता गतिविधिमा सलंग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको छ ।