सर्वसाधारणले भोलिदेखि धरहरा चढ्न पाउने

सर्वसाधारणले भोलिदेखि धरहरा चढ्न पाउने


काठमाण्डु–सर्वसाधारणले भोलि (बिहीबार) देखि धरहरा चढ्न पाउने भएका छन् ।

रिकारले संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न लागेको हो ।

हाललाई धरहरा प्रवेश निःशुल्क राखिएको छ शहरी विकास मन्त्रालयमार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजनाले जनाएको छ ।

परियोजनाले भोलिदेखि धरहरामा दैनिक करिब ५०० जनालाई चढ्न दिने गरी व्यवस्थापन गर्दैछ ।

काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो ।

लगतै संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न सरकारले शहरी विकास मन्त्रालयमार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजनालाई निर्देशन दिएको थियो ।