सरकारको न्युनतम साझा कार्यक्रम ओली–देउवाको हातमा

सरकारको न्युनतम साझा कार्यक्रम ओली–देउवाको हातमा


काठमाण्डु – नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारको न्युनतम साझा कार्यक्रम बनाउन गठन गरिएको कार्यदलले प्रतिवेदन बुझाएको छ ।

कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई बुधबार साँझ न्युनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाएको छ ।

कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र प्रवक्ता डा. प्रकाशशरण महत तथा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् ।

सरकार गठनको २ महिना भइसक्दा पनि सरकारले न्युनतम साझा कार्यक्रम तय नगरेको भन्दै आलोचना भएपछि २ दलले कार्यदलमार्फत कार्यक्रम बनाएका छनन् ।