यस्ता लक्षण देखिए एपेन्डिसाइटिस हुन सक्छ

यस्ता लक्षण देखिए एपेन्डिसाइटिस हुन सक्छ


काठमाण्डु–दाहिने कोखाभन्दा अलिकति तल रहने एपेन्डिक्स कुनै पनि कारणले सुन्निन गएमा त्यसलाई एपेन्डिसाइटिस भनिन्छ । यो पेटको तल्लो दायाँपट्टि औँलाको आकारको हुन्छ, जुन ठूलो आन्द्राको भाग हो ।

इन्फेक्सन भएमा वा एपेन्डिक्समा केही अड्किनाले एपेन्डिक्स सुनिन्छ। डाइटमा फाइबरयुक्त पदार्थको कमीले समेत एपेन्डिक्स सुनिन्छ। आंतको क्यान्सर पनि एपेन्डिसाइटिसको एक कारण हो।

खासगरी २० देखि ४० वर्ष उमेर समूह यसको जोखिममा हुन्छ । यो उमेर समूहकालाई खानपानकै कारण एपेन्डिसाइटिस हुन सक्छ ।

कारण–
एपेन्डिक्सकमा सूजनको कारण धेरै केसहरूमा थाहा नहुन सक्छ। यद्यपि, केहि केसहरूमा यो कडा मल र अपच खाने कारणहरूद्वारा एपेन्डिक्सको लुमेनको रोकावटको कारणले हुन सक्छ। एक पटक अवरोध भएमा ब्याक्टेरियाले एपेन्डिक्सकमा आक्रमण गर्दछ र सूजन शुरू गर्दछ।

लक्षण–

एपेन्डिसाइटिसको प्रमुख लक्षण पेटको दाहिने भागमुनि पटक–पटक दुख्नु हो। यो दुखाई सुरुवातामा नाइटोको वरपरबाट शुरु भइ पेटको दाइने भागसम्म पुग्छ।

एपेन्डिसाइटिस भएका व्यक्तिको दुखाइ सामान्यदेखि असह्य पीड़ादायिक हुन्छ। यस्ता बिरामीले खोक्दा र हाँस्दा बढी दुख्छ।

गर्भवती भएकालाई एपेन्डिक्स भएमा माथिल्लो पेटमा बढी दुखाइको महशुश हुन्छ।

यससँगै पेट दुख्ने बाहेक पेट फुल्ने, वान्ता हुने, अपच, छट्पट हुने, भोक नलाग्ने, कब्जियत भइ रगत देखापर्ने, पिसाब पोल्ने हिंड्नलाई समस्या हुने लगायतका लक्षण देखापर्छ।

लक्षण देखिए के गर्ने ?

एपेन्डिक्सलाई लापर्वाही गरेमा विभिन्न जटिलता निम्तिनसक्छ। त्यसैगले एपेन्डिसाइटिसको संकेत देखिने बित्तिकै तुरुन्त परीक्षण गराउनुपर्छ।

एपेन्डिसाइटिस होरहोइन रगत परीक्षण, यूरिन टेस्ट र सोनोग्राफी गराउन आवश्यक हुन्छ। जरुरी परेमा सीटी स्क्यान र एमआरआई समेत गर्नुपर्छ।

स्थाई रुपमा एपेन्डिक्सबाट छुटकारा पाउन अप्रेशन नै गर्नुपर्छ। अप्रेशन गरेर एपेन्डिक्स निकालिन्छ।

 कति जटिल–

एपेन्डिसाइटिसको शल्यक्रियामा सुरुवाती चरणमा हो भने थोरै मात्र जटिल हुन्छ । एपेन्डिसाइटिस पेटभित्र फुटेर फैलिएको छ, संक्रमण भएको छ भने निकै जटिल हुन सक्छ ।

औषधिले निको हुन्छ ?

एपेन्डिसाइटिसको सुनौलो तथा पहिलो उपचार भनेको शल्यक्रिया नै हो । शल्यक्रिया गरेर एपेन्डिक्सलाई निकाल्ने बाहेक यसको अर्को विकल्प छैन । एपेन्डिसाइटिस भएपछि औषधिको प्रयोगले मात्र निको हुँदैन ।

कुनैकुनै बेला बिरामीलाई एपेन्डिसाइटिस भएको हो कि होइन भनेर प्रमाणित नभएको अवस्थामा औषधि दिएर निरीक्षण गरिन्छ । एपेन्डिसाइटिस भएको हो भने शल्यक्रिया गर्नैपर्छ । निरीक्षणको लागि मात्र औषधि प्रयोग गरिन्छ ।

यो संक्रमण हुन नदिन के गर्ने ?

यसको लागि सामान्यतया फाइबर आहार खानुपर्ने हुन्छ, कब्जियत हुन नदिए यो संक्रमण कम हुन्छ ।

यसका लागि खानपानमा पनि ध्यान दिनुपर्छ । खासगरी मौसमी सागपात र फलफूल खाने, मद्यपान र धुम्रपान नगर्ने, रातो मासु वा बोसोयुक्त खानेकुरा कम खाने गर्नुपर्छ ।