काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो तीन बजे बैठक बस्ने भएको हो । जिल्ला,प्रदेश र जन वर्गीय संगठनको एकता प्रक्रिया टुंग्याउने विषयमा छलफल हुने बताइएको छ।
पार्टी्भित्रका २१ केन्द्रीय सदस्यले अध्यक्षद्वयलाई ज्ञापनपत्र बुझाएको भोलिपल्ट नेकपाले पार्टी हाइकमान्डका रुपमा चिनिने सचिवालयको बैठक बोलाएको हो । कार्यदलले बुझाएका नाम तथा संख्यालाई रुजु गरी महासचिवले आजको बैठकमा पेस गर्नेछन्।
नाम तथा संख्या रूजु गर्न सचिवालयका दुई सदस्य महासचिव विष्णु पौडेल र राम बहादुर थापा रहेको दुई सदस्यीय कार्य दल गठन गरिएको थियो। प्रदेश,जिल्ला र जनवर्गीय संगठन एकताका लागि गठित कार्यदलले संख्या टुंग्याएर पनि नाम र नेतृत्व चयन गर्न सकेका छैनन्। केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँड र पोलिटब्यूरोमा रहने सदस्यहरूको नाम पनि तय गर्ने बताइएको छ ।
प्रतिक्रिया