काठमाण्डु – संसद्को सार्वजनिक सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउतविरुद्ध उजुरी आह्वान गरेको छ ।
बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालविरुद्ध उजुरी आह्वान गर्ने निर्णय भएको हो ।
समिति बैठकमा सभापति ईश्वरीदेवी न्यौपानेले सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चार माध्यममार्फत उजुरी आह्वान गर्ने गरेको प्रस्ताव समितिबाट पारित भएको हो ।
प्रस्ताव पारित भएपछि सभापति न्यौपानेले सूचना सार्वजनिक गर्न समिति सचिवालयलाई निर्देशन दिएकी छन्।
प्रतिक्रिया