पत्रकार महासङ्घको निर्वाचन पेचिलो बन्दै, अन्तिम समयमा उम्मेदवार मनोनयन कार्यक्रम स्थगित

पत्रकार महासङ्घको निर्वाचन पेचिलो बन्दै, अन्तिम समयमा उम्मेदवार मनोनयन कार्यक्रम स्थगित


काठमाण्डु-नेपाल पत्रकार महासङ्घको निर्वाचन पेचिलो बन्दै गएको छ । निर्वाचन कार्यक्रम अन्तर्गत आजको लागि तय भएको उम्मेदवार मनोनयन कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ ।

निर्वाचन समितिले आज एक सूचना जारी गर्दै आजका लागि तय उम्मेदवार मनोनयन कार्यक्रम स्थगित भएको जनाएको हो ।

समितिले जारी गरेको सूचनामा निर्वाचनको कार्यक्रम अन्तर्गत उम्मेदवारको मनोनयन दर्ता गर्नको लागि २०८१ असोज ४ गते मिति तोकिएकोमा नेपाल पत्रकार महासङ्घबाट प्राप्त पत्र अनुसार २०८१ असोज ४ गतेको उम्मेदवारको मनोनयन दर्ता लगायतका कार्य तालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभए सम्मको लागि स्थगित गरिएको उल्लेख गरिएको छ ।

यसअघि भदौ ३० गते निर्वाचन समितिले महासङ्घको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गर्दै असोज १२ गते निर्वाचन हुने बताएको थियो ।