अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान

अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान


काठमाण्डु-संसदीय सुनुवाइ समितिले प्रस्तावित दुईजना राजदूतहरूविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।

राजदूतामा नियुक्तिका लागि सिफारिस भई संसदीय सुनुवाइ हुन बाँकी रहेकाले समितिले आज एक सूचना जारी गर्दै बेल्जियमका प्रस्तावित राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवविरुद्ध उजुरी दिन आह्वान गरेको हो ।

समितिले आजदेखि १० दिनभित्र कार्यालय समयमा समितिको सचिवालय वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिन सक्ने बताएको छ ।

सरकारले यसअघि प्रस्ताव गरेका १६ जना राजदूतहरूको नाम बिहीवार समितिले अनुमोदन गरेको छ ।