उपप्रधानमन्त्री सिंह कार्यवाहक प्रधानमन्त्री

उपप्रधानमन्त्री सिंह कार्यवाहक प्रधानमन्त्री


काठमाण्डु – उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघ महासभाको ७९औं अधिवेशनमा भाग लिन न्यूयोर्क प्रस्थान गरेसँगै सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीसहितको प्रतिनिधि मण्डलको टोली आगामी असोज १४ गते स्वदेश फर्कनेछ। ओली फर्कने बेलासम्म सिंह कार्यवाहक प्रधानमन्त्री हुनेछन् ।