इन्टरनेट सेवा प्रदायक कम्पनीको सेयर खरिद गरेको समाचार गलत : एनसेल

इन्टरनेट सेवा प्रदायक कम्पनीको सेयर खरिद गरेको समाचार गलत : एनसेल


काठमाण्डु-एक इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद गरेको दाबी गर्दै प्रकाशित भएका समाचारहरू अपरिपक्व र अनुमानमा आधारित भएको एनसेलले स्पष्ट पारेको छ ।

एनसेलले ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्ने सोचका साथ बजारमा अवसरहरूको खोजी गरिरहेको हुँदा यस सम्बन्धमा गहन छलफल र मूल्याङ्कनको प्रक्रियाको माध्यमबाट सम्पन्न गर्ने कुरामा समेत कम्पनी प्रतिबद्ध रहेको जनाएको छ ।

नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसँग मेल खानेगरी आवश्यक निर्णय हुने कुरा सुनिश्चित गर्नु आफ्नो लक्ष्य रहेको उल्लेख गरेको छ ।

 

एनसेलले नेपालमा बढ्दो डिजिटल इकोसिस्टममा योगदान पुर्‍याउन निरन्तर कार्य गरिरहेको छ । आफ्ना सेवाहरू विस्तार गर्दै आम उपभोक्तादेखि व्यापार व्यवसायलाई सशक्त बनाउँदै अन्ततः थप कनेक्टेड र डिजिटल रूपमा समावेशी नेपालको विकासमा योगदान दिन सक्ने कुरामा आफूहरु विश्वस्त रहेको एनसेलले जनाएको छ ।

‘एक जिम्मेवार सेवा प्रदायकको रूपमा, एनसेलले सधैं पारदर्शिता र सबै सरोकारवालाहरूमाझ सही सूचना प्रवाहलाई प्राथमिकता दिँदै आएको छ । विकसित घटनाक्रम अनुसार आवश्यक समयमा उपयुक्त जानकारीहरू प्रदान गर्ने नै छौं’, एनसेलको प्रेस विज्ञप्तिमा भनिएको, ‘हाम्रा निर्णयहरू सधैं नेपाल राज्य, ग्राहकवर्ग र सरोकारवालाहरूसँग सम्बन्धी हुने भएकोले हामीसँग सम्बन्धित समाचारहरु प्रकाशन, प्रसारण गर्नु अघि हाम्रो आधिकारिक धारणा बुझिदिन हुन सञ्चारका माध्यमहरुलाई अनुरोध गर्दछौं ।’