पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टद्वारा राजीनामा

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टद्वारा राजीनामा


काठमाण्डु –पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले शुक्रबार पदबाट राजीनामा दिएका छन् । पत्रकार महासंघ केन्द्रीय कार्यसमिति समक्ष कार्यवाहक अध्यक्ष विष्टले राजीनामा बुझाएका हुन्।

आगामी असोज १२ गतेका लागि तोकिएको महासंघको निर्वाचन हुन नसक्नुका सबै कमजोरीको नैतिक जिम्मेवारी लिँदै आफूले पदबाट राजीनामा दिएको विष्टले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

गत भदौ २४ गते महासंघका अध्यक्ष विपुल पोखरेलले तोकिएको समयमा निर्वाचन गर्न नसकिएको भन्दै राजीनामा दिएपछि वरिष्ठ उपाध्यक्ष विष्ट कार्यवाहक अध्यक्ष बनेका थिए ।

यस्तो छ विष्टको राजीनामा पत्र :