मधेश प्रदेश सभाको चालू तेस्रो अधिवेशन अन्त्य

मधेश प्रदेश सभाको चालू तेस्रो अधिवेशन अन्त्य


जनकपुरधाम – मधेश प्रदेश सभाको चालू अधिवेशन अन्त्य गरिएको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकको निर्णयअनुसार शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी चालू तेस्रो अधिवेशन अन्त्य गरेकी हुन् ।

प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालू तेस्रो अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिए ।

गत जेठ २१ गतेदेखि सुरु भएको तेस्रो अधिवेशनमा ३४ बैठक बसेका छन् ।