अमेरिकी सेनासँग नेपाली सेनाले यसरी गर्‍यो संंयुक्त अभ्यास (फोटोफिचर)

अमेरिकी सेनासँग नेपाली सेनाले यसरी गर्‍यो संंयुक्त अभ्यास (फोटोफिचर)


काठमाण्डु – नेपाली र अमेरिकी सेनाको चौथो संस्करणको सैनिक अभ्यास सम्पन्न भएको छ ।

भदौ ३० गतेदेखि सञ्चालित संयुक्त अभ्यास शुक्रबार सम्पन्न भएको हो ।

अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदानप्रदान भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

संयुक्त अभ्यास काठमाण्डु, मकवानपुर र धादिङमा भएको छ । विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सन् २०१२ देखि अभ्यास सञ्चालन हुँदै आएको छ ।