चीनद्वारा सफलतापूर्वक नयाँ उपग्रह प्रक्षेपण

चीनद्वारा सफलतापूर्वक नयाँ उपग्रह प्रक्षेपण


काठमाण्डु – उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट शुक्रबार ६ वटा नयाँ उपग्रह अन्तरिक्षमा पठाएको छ ।

उपग्रहहरू ‘जिलिन–१ कुआन्फु ०२बी ०१–०६’ लङ मार्च–२ डी क्यारियर रकेटमा प्रक्षेपण गरिएको छ ।

उपग्रहहरू सफलतापूर्वक पूर्वनिर्धारित कक्षमा प्रवेश गरेको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ । ‘जिलिन–१’ चीनको पहिलो स्व–विकसित व्यावसायिक रिमोट सेन्सिङ स्याटेलाइट प्रणाली हो । यो उपग्रहहरू चाङ गुआङ स्याटेलाइट टेक्नोलोजीद्वारा सञ्चालित छन् ।
प्रयोगकर्ताहरूलाई १५० किलोमिटर चौडाइ, ०.५ मिटर रिजोलुसनको स्याटेलाइट छविहरू प्रदान गर्नेछ ।

प्रक्षेपणले लङ मार्च क्यारियर रकेट शृंखलाको ५३६ औं उडान मिसनको प्रतीक छ ।