कोसी प्रदेश सभाको अधिवेशन अन्त्य

कोसी प्रदेश सभाको अधिवेशन अन्त्य


काठमाण्डु-कोसी प्रदेशसभाको पाचौँ अधिवेशन शुक्रबार मध्य रातदेखि अन्त्य भएको छ ।

बर्खे अधिवेशनका रूपमा जेठ ११ गते सुरू भएको अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको जानकारी सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभाको बैठकमा दिएका थिए ।

उनले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले गरेको निर्णय शुक्रबारको प्रदेशसभा बैठकमा पढेर सुनाएका थिए ।