श्रीलंकामा आज राष्ट्रपतीय निर्वाचन हुँदै

श्रीलंकामा आज राष्ट्रपतीय निर्वाचन हुँदै


काठमाण्डु-आर्थिक मन्दीपछि श्रीलंकमा आज पहिलोपटक राष्ट्रपतीय निर्वाचन हुँदैछ ।

राष्ट्रपति रनिल विक्रमासिङ्घेले अर्थतन्त्रलाई स्थिर बनाउन र महिनौंसम्मको खाद्यान्न, इन्धन र औषधिको अभावको अन्त्य गर्ने दावी गर्दै नयाँ जनादेशका लागि निर्वाचनको घोषणा गरेका थिए ।

सर्वेक्षण अनुसार नेशनल पिपुल्स पावर (एनपीपी)का अध्यक्ष उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचन दौडमा अगाडि छन् ।

अनुरा बाहेक अन्य तीन ठूला उम्मेदवार पनि राष्ट्रपति पदको प्रतिस्पर्धामा छन् । सर्वेक्षणमा विपक्षी नेता सजित प्रेमदासा दोस्रो स्थानमा छन् ।

वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घे उनीपछि तेस्रो स्थानमा छन् । पूर्वराष्ट्रपति महिन्दा राजापाक्षका छोरा नमल राजापाक्षे पनि यो दौडमा छन् । सर्वेक्षणले उनको जित्ने सम्भावना न्यून रहेको देखाएको छ ।

हाल अन्तरिम राष्ट्रपति बनेका रनिल विक्रमसिंघे नै नयाँ राष्ट्रपति बन्ने बढी सम्भावना रहेको समाचार एजेन्सीहरुले जनाएका छन् । उनी राजापाक्ष परिवारसँग निकट मानिन्छन् । संसदमा राष्ट्रपति पदको निर्वाचन अघि उनले श्रीलंकाभर आपतकाल घोषणा गरेका छन् ।

सन् २०२२ मा मन्दीका कारण आक्रान्त बनेका नागरिकले तत्कालिन निर्वाचित राष्ट्रपति गोटाबाया राजापाक्षविरूद्ध आन्दोलित भएपछि देश छोडेर भागेका थिए । तर, विक्रमासिङ्घेले सङ्कटका समय देशलाई नेतृत्व गरेर थलिएको अर्थतन्त्रलाई सम्हाल्दै झण्डै सङ्कटग्रस्त हुनु पहिलेको अवस्थामा पु¥याएका छन् ।

निर्वाचनमा आफूलाई मतदान गर्न आह्वान गर्दै प्रचारको अन्तिम समयमा विक्रमासिंघेले भनेका छन्, ‘सबै आशा हराएको पहिलेको समयलाई सोच्नुहोस् र कसलाई मतदान गर्ने फैसला गर्नुहोस् । हामीले सत्ता सम्हाल्दा खाना, ग्यास, औषधि पाउन सक्ने कुनै आशा थिएन ।’

राष्ट्रपति विक्रमासिंघेले निर्वाचित भएमा आफ्नो तपस्याबाट आएको कार्यक्रमलाई अगाडि बढाउने र आईएमएफसँगको सहकार्यमा कुनै विचलनतिर जान नदिने बताएका छन् ।

अब विक्रमासिङ्घेको सम्पूर्ण ध्यान देशको अर्थतन्त्रलाई आफ्नो खुट्टामा उभ्याउनमा छ । तर उनीमाथि राजपक्षे परिवारलाई संरक्षण गरेको आरोप लागेको छ ।

उनले राजपक्षे परिवारलाई पुनः एकीकरण गर्न सघाएको आरोप उनीमाथि लगाइँदैछ ।

रनिल विक्रमासिङ्घेको सरकारले श्रीलंकाको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनका लागि चालेका कदमहरूले श्रीलंकाका जनतालाई थप समस्याहरू निम्त्याइरहेको छ ।
केही अर्थशास्त्रीहरू भन्छन् कि श्रीलंकाको अर्थतन्त्रलाई स्थिर बनाउन कडा कदम चाल्नु आवश्यक छ । वास्तवमा, श्रीलंकामा धेरै विदेशी ऋण छ । आईएमएफका सर्तहरू पूरा गर्न यी आवश्यक भएको बताइएको छ ।

सन् २०२२ मा श्रीलंकामा आर्थिक र राजनीतिक संकट चरम सीमामा हुँदा विदेशी मुद्रा सञ्चिति २ करोड डलरमा रहेको थियो तर अहिले बढेर ६ अर्ब डलर पुगेको छ ।

राजनीति अस्थिरता र चरम गरिबीले श्रीलंकामा गरिबको संख्या ४० लाखबाट बढेर ७० लाख पुगेको छ । गरिबीका कारण उनीहरूले आफ्ना छोराछोरीलाई विद्यालयबाट निकाल्ने गरेका छन् ।

२०२३ मा देशको सर्वोच्च अदालतले २०१९ र २०२२ बीचको देशको अर्थतन्त्रको कमजोर अवस्थाका लागि गोटाबाया र महिन्दा दुवैका परिवारलाई प्रत्यक्ष रूपमा जिम्मेवार रहेको फैसला सुनाएको थियो ।

अर्थतन्त्रको कमजोर व्यवस्थापनका कारण श्रीलंकामा यस्तो ठूलो आर्थिक संकट आएको थियो ।

संयुक्त राष्ट्रसंघका अनुसार श्रीलंकामा गृहयुद्धको अन्तिम चरणमा श्रीलंकाली सेनाले एक लाख मानिसको ज्यान लिएको थियो ।

जसमध्ये ४० हजार तमिल नागरिक थिए । तर महिन्दा राजपक्षेलाई यी हत्याका लागि कहिल्यै मुद्दा चलाइएको थिएन । उनले यस्ता आरोपको प्रत्यक्ष खण्डन गरेका छन् ।