काभा महिला भलिबलको उपाधिका लागि नेपाल पुलिस र हुमो भिड्दै

काभा महिला भलिबलको उपाधिका लागि नेपाल पुलिस र हुमो भिड्दै


काठमाण्डु-विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधिका लागि आज उज्बेकिस्तानको हुमो भलिबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

माल्दिभ्सको मालेमा हुने खेल स्थानीय समयअनुसार राति साढे ८ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा पुलिस अपराजित छ ।

लिग चरणको खेलमा हुमो पुलिससँग सोझो सेटमा पराजित भएको थियो । लिग चरणमा पुलिसले श्रीलंका एयर फोर्स र ताजिकस्तानको डाइमेड भलिबल क्बललाई हराएको हो ।

बिहीबारको खेलमा भने पुलिसले माल्दिभ्सको वाम्कोमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको थियो । आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा पुलिसले माल्दिभ्स पुलिस क्लब ३–१ ले पराजित गरेको थियो ।