प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच भोलि बिहान भेटघाट हुने

प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच भोलि बिहान भेटघाट हुने


काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अमेरिकामा भेटघाट हुने निश्चित भएको छ ।

संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री ओली र समकक्षी मोदी अमेरिकाको न्युयोर्क पुगेका हुन् ।

दुई प्रधानमन्त्रीहरूबीच आइतबार नेपाली समयअनुसार बिहान ३ बजेर ४५ मिनटमा भेटघाटको कार्यक्रम तय भएको हो ।

प्रधानमन्त्री ओलीले असोज १० गते राष्ट्र संघको महासभालाई सम्बोधन गर्नेछन् । महासभामा ‘कोही पनि पछाडि नछाडिने, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाका लागि सबै मिलेर अघि बढ्नुपर्ने’ विषयमा बहस हुनेछ ।

प्रधानमन्त्री ओलीले अमेरिकामा नेपाली संघसंस्थाले आयोजना गर्ने समारोहलाई आइतबार सम्बोधन गर्नेछन् । यसैगरी महासभामा सहभागी मित्रराष्ट्रका प्रतिनिधि तथा विकास साझेदारसँग ‘साइडलाइन’ वार्ता पनि गर्नेछन् ।

प्रधानमन्त्री ओलीले सम्मलेनमा अतिकम विकसित देशहरूको अध्यक्षको हैसियतले सम्बोधन गर्नेछन् । यसैगरी उनले कोलम्बिया विश्वविद्यालय र हार्वड विश्वविद्याललयमा ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा र नेपालको परिप्रेक्ष्य : संक्रमणकालीन न्यायबाट जलवायु न्याय’का विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।