साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै

साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै


काठमाण्डु-१७ वर्षमूनीको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेदेखि भुटानको थिम्पुमा सुरु हुनेछ ।

हिजोदेखि शुरु भएको च्याम्पियनसिपमा भारतले बिजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा भारतले बङ्गलादेशलाई १–० गोलले हरायो । समूह ‘ए’ मा भारत, बङ्गलादेश र माल्दिभ्स तथा समूह ‘बी’ मा आयोजक भुटानसहित नेपाल, पाकिस्तान र श्रीलङ्का छन् । नेपालले पर्सि श्रीलङ्क र आउँदो बुधवार आयोजक भुटानसँग खेल्नेछ ।