सहकारी ठगीमा उपसभापति दोषी देखिए जेल जानुहुन्छ : महामन्त्री शर्मा

सहकारी ठगीमा उपसभापति दोषी देखिए जेल जानुहुन्छ : महामन्त्री शर्मा


काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा धनराज गुरुङ दोषी देखिए जेल जाने बताएका छन् ।

कांग्रेस झापा–काठमाडौ सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपसभापति गुरुङमाथि छानबिन सुरु भइसकेको बताउँदै दोषी देखिए जेल जाने बताएका हुन् ।

उनले नयाँ दलहरुले जस्तो आफूहरुको नगर्ने बताउँदै छानबिन प्रक्रिया अवरुद्ध गर्ने पट्टि कांग्रेस नलाग्ने उल्लेख गरे ।

उनले भने, ‘उहाँमाथि छानबिन सुरु भएको छ । त्यो प्रक्रिया अवरुद्ध गर्न कांग्रेस लाग्दैन । सीआईबीले छानबिन गरिरहेको छ । निर्दोष देखिनुहुन्छ, माला लगाएर कांग्रेसको नेतृत्व गर्नुहुन्छ । दोषी देखिनुहुन्छ, जेल जानुहुन्छ ।’