कांग्रेस बागमती प्रदेश कोषाध्यक्षमा डा. भण्डारी मनोनित

कांग्रेस बागमती प्रदेश कोषाध्यक्षमा डा. भण्डारी मनोनित


काठमाण्डु – नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले कोषाध्यक्ष पदमा कार्यसमिति सदस्य डा. भद्रा भण्डारीलाई मनोनित गरेको छ ।

पार्टी विधानअनुसार बागमती प्रदेश कार्यसमितिको असोज ३ र ४ गते बसेको दशौं बैठकले डा. भण्डारीलाई कोषाध्यक्षमा मनोनित गरेको हो ।

बैठकले कांग्रेस प्रदेश र स्थानीय तहबीच समन्वय गर्न प्रदेश उपसभापति एवं नागार्जुन नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतको संयोजकत्वमा संयन्त्र निर्माण गरेको छ । केन्द्रीय कार्यसमितिले प्रदेश कार्यसमितिको काम, कर्तव्य र अधिकारमा केही थप गरेकोमा केन्द्रीय कार्यसमितिप्रति आभार व्यक्त गरेको छ ।