विश्वकप लिग २ अन्तर्गत नेपालले आज क्यानडासँग खेल्दै

विश्वकप लिग २ अन्तर्गत नेपालले आज क्यानडासँग खेल्दै


काठमाण्डु-विश्वकप लिग–२ मा आज नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । घरेलु मैदानमा पहिलो खेल जितेको क्यानडाविरुद्ध आज बदला लिने लक्ष्यका साथ नेपाल मैदानमा हुनेछ । पहिलो खेलमा नेपाल १०३ रनले पराजित भएको थियो ।

यो खेल आज साँझ ८ः४५ बजे क्यानडाको किङ सिटी मैदानमा सुरु हुँदैछ ।

क्यानडा भ्रमणमा रहेको नेपालले सिरिज अन्तर्गत दुई ओडिआई प्रतिस्पर्धा क्यानडा र दुई प्रतिस्पर्धा ओमानसँग गर्दैछ । क्यानडासँग नेपालले दोस्रो खेल खेल्न लागेको हो। नेपालले ओमानसँगसमेत पहिलो खेलमा १ विकेटको हार खाएको छ । ओमानसँगको अन्तिम खेल नेपालले मंगलबार खेल्नेछ ।

नेपालले ओडीआई सिरिजपछि क्यानडा र ओमानसँग टी–२० सिरिजमासमेत प्रतिस्पर्धा गर्नेछ ।

क्यानडामा सिरिज खेलि सकेर नेपाल लिग २ का लागि अमेरिका पुग्नेछ । अमेरिकामा नेपालले स्कटल्याण्ड र अमेरिकासँग त्रिकोणात्मक र टी–२० आई सिरिज खेल्नेछ ।

चार खेल खेलेको नेपालको २ अंक छ । यसअघि त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियासँगका दुई खेलमा हार खाएको थियो भने नेदरल्याण्डसँग एक जित र एक हारको नतिजा निकालेको थियो ।