सुनको भाउले राख्यो नयाँ रेकर्ड, कति पुग्यो ?

सुनको भाउले राख्यो नयाँ रेकर्ड, कति पुग्यो ?


काठमाण्डु– आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा १७ सयले बढेको हो ।

शुक्रबार १ लाख ५७ हजार १ सयमा कारोबार भएको सुन आज १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको भाउ अहिलेसम्मकै उच्च हो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १९२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।