बंगलादेशलाई भारतले २८० रनले हरायो

बंगलादेशलाई भारतले २८० रनले हरायो


काठमाण्डु– बंगलादेशविरुद्धको पहिलो टेस्टमा भारतले २८० रनको जित निकालेको छ ।

भारतले दिएको ५१५ रनको लक्ष्य पछाएको बंगलादेशले खेलको चौथो दिन आइतबार २३४ रन बनाएर अल आउट भएपछि भारत २८० रनले विजयी भएको हो ।

भारतका लागि आर आश्विन एक्लैले ६ विकेट, रविन्द्र जडेजाले ३ र जसप्रित बमराहले १ विकेट लिएका थिए ।

बंगलादेशका लागि कप्तान नाजमुल होसैन शान्तोले सर्बाधिक ८२ रन बनाए ।

जारी टेस्टको दोस्रो इनिंगमा भारतले ४ विकेट गुमाउदै २८७ रन बनाएर आफ्नो पारी घोषणा गरेपछि बंगलादेशले ५१५ रनको लक्ष्य पाएको थियो । भारतले पहिलो इनिंगमा पाएको २२७ रनको बढ्तका आधारमा बंगलादेशलाई विशाल लक्ष्य दिएको थियो ।

यस अघि भारतले पहिलो इनिंगमा ३७६ रन बनाएको थियो भने बंगलादेश १४९ रनमै अल आउट भएको थियो ।

यो जितपछि भारतले २ खेलको टेस्ट सिरिजमा १–० को अग्रता हासिल गरेको छ । अब दोस्रो टेस्ट सेप्टेम्बर २७ देखि भारतको कानपुरमा शुरु हुदै छ ।