सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित

सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित


धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्ष २०८१–८२ को बजेट बहुमतले पारित भएको छ ।

३१ अर्ब ६२ करोड बराबरको बजेट आइतबार प्रदेश सभाबाट बहुमतले पारित भएको हो ।

प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले भदौ ३१ गते बजेट पेस गरेका थिए ।

छलफलका क्रममा बजेटमा सत्तारूढ दलकै प्रदेश सभा सदस्यहरूले असन्तुष्टि जनाएका थिए तर आइतबार भने बजेट बहुमतले पारित भयो ।