काठमाण्डु– धनगढी विमानस्थलमा एक यात्रुको मृत्यु भएको छ ।
ढलेर बेहोस् भएका बोहरालाई तत्काल माया मेट्रो अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
शनिबार साँझ धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बोडिङ पास गर्ने क्रममा ढलेर गोदावरी नगरपालिका–२ बस्ने ५० वर्षीय शेरबहादुर बोहोराको ढलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको हदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ । बोहराको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया