आशा लघुवित्तद्वारा १५ प्रतिशत लाभांश घोषणा

आशा लघुवित्तद्वारा १५ प्रतिशत लाभांश घोषणा


काठमाण्डु –आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

सोमध्ये १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

६ असोजमा बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण गरिनेछ।