एरिकाले जितिन् एसिया सिनियर करातें च्याम्पियनसिपमा रजत पदक

एरिकाले जितिन् एसिया सिनियर करातें च्याम्पियनसिपमा रजत पदक


काठमाण्डु – नेपालकी एरिका गुरुङ २०औं एसिया सिनियर करातें च्याम्पियनसिपमा फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग पराजित भएकी छन् । उनी रजत पदकमा सीमित भइन् ।

चीनको हाङ्जाउमा भएको च्याम्पियनसिपको ६८ केजी माथि तौल समुहको फाइनलमा खेलमा भियतनामकी खेलाडीसँग एरिका ६–० ले पराजित भएकी हुन् । उनले प्राप्त गरेको रजत पदक नेपालका लागि ऐतिहासिक पदक हो ।

एसियन कराते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालले जितेको यो पहिलो पदक हो । अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले एसियन सिनियर च्याम्पियनसिपमा पदक जित्न सकेका थिएनन् ।